श्रममन्त्री भण्डारी यूएई भ्रमणकै बेला पदमुक्त हुँदै

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, १४ : ३०
श्रममन्त्री भण्डारी यूएई भ्रमणकै बेला पदमुक्त हुँदै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी यूएई भ्रमणकै रहेका बेला पदमुक्त हुने भएका छन् । मन्त्री भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा छन् ।सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धन गर्ने सहमति गरेसँगै श्रममन्त्री भण्डारी विदेशमै रहेका बेला पदमुक्त हुन लागेका हुन् ।

आबुधाबी डाइलगमा सहभागी भएर फागुन पहिलो साता नेपाल फर्किएका मन्त्री दुई सातापछि नै फेरि युएई भ्रमणमा गएका थिए । वैदेशिक रोजगार व्यवसायी संघले सरकारी खर्चमा आइतबार आयोजना गरेको ‘दुबई रोजगार मेला’को उद्घाटनका लागि उनी युएई पुगेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार श्रममन्त्री भण्डारी मंगलबार नेपाल फर्किने कार्यक्रम छ । तर, प्रधानमन्त्री ‘प्रचण्ड’ले सोमबार नै सबै मन्त्रीहरू हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस