प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, १३ : १४
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबिच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पदम गिरी, हितबहादुर तामाङ र डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी राष्ट्रपतिलाई गराएका थिए ।आज पाँच बजे शपथको कार्यक्रम आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस