बालकोट पुगे सीके राउत , ओलीसँग छलफल जारी

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, ०९ : २९
बालकोट पुगे सीके राउत , ओलीसँग छलफल जारी

काठमाडौँ । देशको राजनीतिक परिस्थिति नयाँ सिराबाट अघि बढ्ने सङ्केत देखिएसँगै राजनीतिक चहलपहल बढेको छ । यतिबेला दलहरू आन्तरिक छलफलमा रहेका छन् ।

यसैबिच जनमत पार्टीका अध्यक्ष सीके राउत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । दुई नेताबिच अहिले छलफल जारी रहेको छ ।  

मन्त्रिपरिषद् पुनर्गठन एवं राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सत्ता गठबन्धनभित्र विश्वासको वातावरण नबन्दा नयाँ समीकरणको गृहकार्यमा राजनीतिक दलहरू लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस