टिम ११ द्वारा राष्ट्रिय क्रिकेट टिम सम्मानित

सफल खबर संवाददाता

आइतबार, २० फागुन २०८०, १५ : ०५
टिम ११ द्वारा राष्ट्रिय क्रिकेट टिम सम्मानित

काठमाडौँ । नेपालको पहिलो फेन्टासी एप टिम ११ ले राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । आइतबार हायात प्यालेसमा आयोजित एक कार्यक्रमका बिच एप टिम ११ ले एसियन गेम्स २०२३ मा  भएको नेपाल र भारत बिचको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू र राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई सम्मान गरेको हो ।

टिम ११ ले उक्त खेलमा चौका प्रहार गर्ने खेलाडीलाई प्रति चौका रु.१० हजार, छक्का प्रहार गर्ने खेलाडीलाई प्रति छक्का रु.२० हजार र विकेट लिने खेलाडीलाई प्रति विकेट रु.२० हजार दिने घोषणा गरेको थियो ।

सोही घोषणा अनुरूप दीपेन्द्र सिंह ऐरीले २ विकेट र ४ छक्का प्रहार गरेबापत रु.१ लाख २० हजार, सन्दीप जोराले एक चौका र ३ छक्का प्रहार गरेबापत रु.७० हजार, कुशल भुर्तेलले ४ चौका र एक छक्का प्रहार गरेबापत रु ६० हजार, कुशल मल्लले २ चौका र २ छक्का प्रहार गरेबापत रु.६० हजार, करन के.सीले एक चौका र २ छक्का प्रहार गरेबापत रु.५० हजार प्राप्त गरेका थिए ।

त्यसैगरी आशिफ शेखले एक चौका र एक छक्का प्रहार गरेबापत रु.३० हजार, सोमपाल कामीले एक विकेट र एक छक्का प्रहार गरेबापत रु.४० हजार र गुल्सन झाले एक चौका प्रहार गरेबापत रु.१० हजार पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा नगद पुरस्कारका साथमा सर्टिफिकेट तथा मायाको चिनो समेत प्रदान गरिएको थियो । साथै राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई समेत कार्यक्रममा मायाको चिनोले सम्मान गरिएको थियो ।नेपालको पहिलो सिपमा आधारित फेन्टासी एप टिम ११ ले नेपालको राष्ट्रिय तथा घरेलु प्रतियोगीताहरुलाई समर्थन तथा सम्मान गदै आएको छ। 

प्रतिक्रिया दिनुहोस