यो साता प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

सफल खबर संवाददाता

शनिबार, १९ फागुन २०८०, १४ : ५४
यो साता प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रवारको तुलनामा यो साताको शुक्रवारसम्मको अवधिमा प्रतितोला १ हजार रुपैयाँले मूल्य बढेको जानकारी दिएको छ ।

गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा १ लाख १९ हजार रुपैयाँ प्रतितोला कायम छ । यस्तै, गतसाता तोलामा १ लाख १७ हजार ४५० कायम भएको तेजाबी सुनको मूल्य यो साता १ लाख १८ हजार ४५० रुपैयाँ कायम भएको छ ।

यस्तै, यो साता चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । गत साताको शुक्रवार तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साता १३ सय ९० रुपैयाँमा आइपुगेको हो । सातामा सुनको मूल्य बढे पनि चाँदीको भने घटेर बन्द भएको महासंघले जनाएको छ ।