चैत मसान्तभित्र विद्यालयमा पुस्तक पुर्‍याइसक्ने जनक शिक्षाको दाबी

सफल खबर संवाददाता

शुक्रबार, १८ फागुन २०८०, १९ : ४६
चैत मसान्तभित्र विद्यालयमा पुस्तक पुर्‍याइसक्ने जनक शिक्षाको दाबी

काठमाडौँ। जनक शिक्षा सामाग्री केन्द्रले आगामी चैत मसान्तभित्र बालबालिकाको पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइसक्ने जनाएको छ । कक्षा ५ देखि १० कक्षासम्मको पुस्तक प्रकाशन गरिरहेको जनक शिक्षाले धमाधम छपाईको काम गरिरहेको छ ।

कक्षा ५ देखि १० कक्षासम्मको लागि आवश्यक एक करोड ४७ लाख सेट पुस्तकमध्ये करिब २५ लाख मात्रै छपाई गर्न बाँकी रहेको केन्द्रले जनाएको छ । छपाइ गर्न बाँकी रहेको पाठ्यपुस्तक १० चैतभित्र सक्ने र १० गतेबाटै प्रदेश विक्री केन्द्रबाट विक्री वितरण शुरु गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ । 

जनक शिक्षा पाठ्यक्रम विकास केन्द्र भन्दा बाहेक ८ वटा प्रादेशिक विक्री केन्द्र र एक हजार २५० वितरण केन्द्रहरू रहेको छ ।

प्रतिक्रिया दिनुहोस