काठमाडौँ । विश्व बैंकले नेपाललाई दुई वटा कार्यक्रम सञ्चालनका लागि २०० मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चालक समितिले नेपालमा दुई वटा आयोजना सञ्चालनका लागि २०० मिलियन अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको हो ।
यससँगै, विश्व बैंकबाट नेपालमा हरित अर्थतन्त्र निर्माणका लागि लचिलो र समावेशी विकासका लागि प्रयोग हुनेछ । यसबाहेक, प्रदेश र स्थानीय तहसम्म फैलिएका सडक सञ्जाललाई गुणस्तरीय र भरपर्दो बनाउनका लागि प्रयोग हुने विश्व बैंक नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘विश्व बैंक नेपालमा इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडीए)मार्फत हरित अर्थतन्त्र विकास र समावेशी विकासका लागि सँधै तत्पर छ,’ नेपाल, मालदिभ्स र श्रीलंका हेर्ने विश्व बैंकका कन्ट्रि डाइरेक्टर फरिस हदाद–जेरभसले भने । छुट्याइएको २०० मिलियनमध्ये १०० मिलियन अमेरिकी डलर जलवायु अनुकूल पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने छ ।
यो रकमले नेपालमा जलवायु अनुकूल (हरित) पूर्वाधार निर्माणमा सहयोग पुग्ने र नेपालको ऋण पारदर्शी र खण्डीकरणमा सहयोग पुग्ने अपेक्षा विश्व बैंकको छ । यस्तै, नेपालमा आउने विदेशी लगानीलाई बढवा दिन समेत प्रभावकारी हुने बताइएको छ । ‘दिगो विकासका लक्ष्य पुरा गर्नका लागि यो रकम लाभदायक हुनेछ,’ विश्व बैंकका कार्यक्रम प्रमुख सिबेल कुलाक्सिजले भने, ‘दिगो र जलवायु अनुकूल विकासका लागि नियामक निकायलाई समेत सघाउने छ ।’
यस्तै, १०० मिलियन अमेरिकी डलर भने स्थानीय तह र प्रदेशसम्म फैलिएको सडक सञ्जाललाई गुणस्तरीय र जलवायु अनुकूल बनाउन खर्च गर्नुपर्ने हुन्छ । यो रकम नेपालको ढुवानी लागत घटाउने गरी सडकको मर्मत सम्भार र पुल निर्माणमा लगाउनुपर्ने विश्व बैंकले जनाएको छ ।
जसबाट स्थानीय उत्पादनलाई बजारसम्मको सहज पहुँचको निर्माण गर्नेछ ।यो कार्यक्रम तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालन गर्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व बैंकद्वारा वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग
साना तथा मझौला उद्यम विकासका लागि नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता
विश्व बैंकको अनुमान : यो वर्ष नेपालको आर्थिक वृद्धि मात्र २.१ प्रतिशत
नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
दक्षिण एसियाका लागि विश्व बैंक उपाध्यक्षमा जोहान्स जुट नियुक्त