काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसद्मा व्यवस्थाविरुद्ध सांसदहरूले अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेलले यो व्यवस्थालाई मान्छौँ भनेर संसदमा शपथ खाएर आइसकेपछि व्यवस्थाको विरोध गर्न नमिल्ने बताए।
उनले भने, यो संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकता जस्ता प्रणाली ल्याउनको लागि हजारौँको बलिदान, रगत र पसिनाबाट आएको हो। हामीले यो व्यवस्थालाई मान्छौँ भनेर संसदमा शपथ खाएका हुन्छौँ। शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौँ। तर, यहाँ दिनदिनै व्यवस्थाको विरोध गरेका सुन्छौँ।र शपथ खाएर आइसकेपछि, संविधान मान्छु भनिसकेपछि यो प्रणालीको विरोध गर्न पाइन्छ ?

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै