दूधको भुक्तानी माग्दै प्रहरी घेरामा किसानको प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, १७ फागुन २०८०, १३ : ३१
दूधको भुक्तानी माग्दै प्रहरी घेरामा किसानको प्रदर्शन

बुटवल। दूधको मूल्य माग्दै बुटवलमा किसानहरूले प्रदर्शन गरेका छन् । बिहीबार दिउँसो बुटवलको चौराहमा जम्मा भएर उनीहरूले प्रदर्शन गरेका हुन् ।राजमार्गमा जम्मा भएका उनीहरूले चक्काजाम गर्न खोजेपछि प्रहरीले लछारपछार गरेको थियो । प्रहरीले आन्दोलनरत किसानलाई घेरा हालेको थियो ।

 

सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच बिहान ११ बजेदेखि शुरू भएको प्रदर्शन प्रहरी घेराभित्रै एक घण्टा चलेको थियो । ​चारैतर्फबाट सुरक्षाकर्मीले घेरिएपछि कृषकहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । दूध बेचेको पैसा नपाएपछि फागुन १७ गतेदेखि देशभरका किसानहरू चरणबद्ध आन्दोलनमा छन् । 

यसअघि उनीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाएका थिए । जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले किसान आन्दोलनलाई थप सशक्त बनाउने बताए । 

 

दुग्ध विकास संस्थाको गत भदौ देखिको करिब ५८ करोड दूधको रकम भुक्तान गर्न बाँकी रहेको छ ।रुपन्देहीका सहकारी संस्थाहरू, दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूले १० करोड बढी भुक्तानी लिन बाँकी रहेको पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस