भारती मानन्धरले गरिन् विष सेवन, भेरी अस्पतालमा उपचार हुँदै

सफल खबर संवाददाता

मंगलबार, १५ फागुन २०८०, १९ : ५०
भारती मानन्धरले गरिन् विष सेवन, भेरी अस्पतालमा उपचार हुँदै

काठमाडौँ । नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । मंगलबार साँझ ४ बजेको आसपास भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ । 

अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ । उनले किन विष सेवन गरेकी हुन् थाहा हुन नसकेको र त्यस विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस