काठमाडौँ । आज दिउँसो ३ बजेबाट सुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक अहिले बिहानबाट सभामुख भूवन पाठकको निजी निवासमा सुरु भएको छ ।
सर्वदलीय बैठकमा प्रदेश सरकार र विपक्षी दलबिच भएको सहमति र प्रदेशसभा बैठकको व्यवस्थापनको विषयमा छलफल हुने बताइएको छ । यसअघि गत आइतबार बसेको सर्वदलीय बैठकमा संसदीय समितिको सभापति चयनको विषयमा कार्यदल गठन गरेर जाने सहमति भए पनि अन्य विषयमा सहमति हुन सकको थिएन ।
संसदीय समितिको नेतृत्व चयनका लागी कांग्रेसका संसदीय दलका सचेतक गोविन्द लम्सालको संयोजकत्वमा कार्यदल समेत बनाइएको छ । कार्यदलले १० दिनभित्र प्रतिवेदन बुझाउने छ ।
करिब साढे चार महिनापछि बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । सरकार र विपक्षी दलहरूबिच सहमति जुट्न नसकेको अवस्थामा आजको बैठकले सुचारु र नियमितता पाउने विषयमा शङ्का रहको छ ।
गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । २२ माघमा संसद्को वर्षे अधिवेशन अन्त्य गरिएको ४ महिना पुरा हुँदा पनि सरकारले हिउँदे अधिवेशन आह्वान गर्ने सकेको थिएन । प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज ३ बजेका लागि प्रदेशसभा बैठकको हिउँदे अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको तेह्रौँ अधिवेशन बैठक आह्वान गरेका हुन् । गत माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय सहित प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती मन्त्रिपरिषद्बाट सरकारको नीति कार्यक्रम स्वीकृत
बागमतीका मेयर–उपमेयरको मुद्दा हेर्न नमिल्नेमा
बागमतीको बजेट अधिवेशन जेठ ५ गते बोलाउन सिफारिस
बागमती र रुद्रमति किनारबाट दुई मेट्रिक टन फोहाेर व्यवस्थापन
खोला किनारसम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन नगर्ने सरकारको निर्णय
बागमतीको जलसतहले सतर्कता तह पार गर्यो