जाजरकोट भूकम्प प्रभावित पालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा

सफल खबर संवाददाता

सोमबार, १४ फागुन २०८०, १९ : ०१
जाजरकोट भूकम्प प्रभावित पालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले जाजरकोट भूकम्पबाट धेरै क्षति ब्यहोरेका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १७ कात्तिकको भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।