काठमाडौँ । कालिकोटको सुनथराली विमानस्थलको उद्घाटन भएको छ । विमानस्थल निर्माण शुरु भएको ३८ वर्षपछि आज उद्घाटन भएको हो ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लगायतले विमानस्थलको उद्घाटन गरेका हुन् । आज विमानस्थलमा नेपाल एयरलाइन्स र यति एयरलाइन्सका दुई वटा विमान अवतरण भएका छन् । हिजो मात्रै विमानस्थलमा नेपालगञ्जबाट उडेको तारा एअरको जहाजले परीक्षण उडान गरेको थियो ।
२०४२ सालमा निर्माण शुरु भएको सुनथराली विमानस्थलको काम २०७९ साल माघ ११ गते सकिएको थियो । यसअघि तीन पटकसम्म मिति तोके पनि विमानस्थलको उद्घाटन हुन सकेको थिएन । २०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालिकोटले एक लाख रुपैयाँ रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु भएकोमा ३८ वर्षपछि काम सकिएर उद्घाटन हुँदा स्थानीयवासी खुशी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १४ फागुन २०८०, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिका र कालिकोट पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम
कालिकोटमा पहिरोमा पुरिएर चालकको मृत्यु