गुण्डा नाईके पुष्पराज श्रेष्ठ पक्राउ , यस्ता थिए गतिविधिहरु

सफल खबर संवाददाता

बुधबार, २७ भदौ २०७५, १४ : ३५
गुण्डा नाईके पुष्पराज श्रेष्ठ पक्राउ ,  यस्ता थिए गतिविधिहरु

काठमाडौं : आपराधिक गतिविधिमा संलग्न रहँदै आएका गुन्डा नाइके पुष्पराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुली जिल्ला घर भएका श्रेष्ठलाई भदौ २६ गते अपरान्ह चार बजे काठमाडौंको गौशालाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा काठमाडौंका प्रमुख एवम् एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
ठेकेदार ४० वर्षीय रामबहादुर कटुवाललाई हतियार देखाएर धाकधम्की र गालीगलौज गरेको उजुरीको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।
गुन्डा नाइके श्रेष्ठविरुद्ध सिन्धुलीमा सात वटा मुद्दा चलेको छ । श्रेष्ठले काठमाडौंमा पनि विभिन्न अपाराधिक गतिविधि गर्दै आएका थिए ।

सिन्धुलीमा जीवन श्रेष्ठ, राजन घिसिङ, अविनाश रिजाल, विजय मुनला घिसिङ, गगनसिंह शेर्पालाई ज्यानमार्ने उद्योगका साथै कुटपिट गरेकोमा श्रेष्ठविरुद्ध मुद्धा चलेको थियो ।

प्रहरीको मोस्टवान्टेडको सूचीमा रहेका श्रेष्ठलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस