कास्की । कास्की जिल्ला पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता एकको शव सशस्त्र प्रहरीले निकालेको छ भने अन्य एकको खोजी कार्य जारी छ ।
माछा मार्न गएका ५ जनामध्ये सोही महानगरपालिका– १ कसेरी बस्ने ४० वर्षका मृत मंगा तामाङको शव ढुङ्गामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गएको गोताखोर र विपद् उद्धार टिमसहितको फौजले गए राती पौने १ बजे शव निकालेको हो । सोही ठाउँ बस्ने ४३ वर्षका रक्सेस तामाङको गोताखोर र विपद् उद्धार टिमले खोजी कार्य जारी राखेको छ ।
शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शनिश्चरे तालमा १६ हजार माछाका भुरा हालियो
अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा
चितवनमा माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु
माछा मार्ने क्रममा एक युवकको नदीमा डुबेर मृत्यु
मधेशमा माछा र दूधको उत्पादन बढ्यो
व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी