काठमाडौँ । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो गणतन्त्रका लागि जनआन्दोलन गर्ने घोषणा गरेको छ । जनमतले राजनीतिक दल र नेताहरूको स्वेच्छाचारी र तानाशाही प्रवृत्ति, भ्रष्टाचार र अर्कमण्यताले देश असफल बन्ने ठाउँमा पुगेको भन्दै आन्दोलन आह्वान गरेको छ । शीर्ष नेताहरूको संलगन्नतामा बालुवाटार काण्ड, भुटानी शरणार्थी शिविर काण्ड, यति काण्ड, ओम्नी काण्ड, सुन तस्करी जस्ता भ्रष्टाचार काण्डहरू निरन्तर हुँदै आए पनि छानबिन र कारबाही नभएको उल्लेख छ ।
‘सरकार आफ्नो पार्टी र कार्यकर्तालाई पोस्ने थलो मात्रै बनेको छ । जहिले पनि कुर्सीको लडाइ छ’, जनमतले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘देशको अलिकति पनि चिन्ता सरकार चलाउनेलाई छैन । शिक्षा र स्वास्थ्य क्षेत्र धराशायी भएको अवस्था छ । चलिरहेको उद्योगधन्धाहरू पनि सरकारले बन्द गर्दैछन् भने आर्थिक लगानीलाई भगाउँदै छन् ।’
जनमत पार्टीले आठ लाखभन्दा बढी युवाहरू बर्षेनी विदेशिन बाध्य भए पनि रोजगारी दिनुको सट्टा वैदेशिक रोजगारमा जान पाऊँ भन्दा पनि सरकारले गोली चलाएर युवाहरूको हत्या गरेको आरोप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा
फुट्यो जनमत पार्टी, नयाँ दलका लागि आयोगमा निवेदन
जनमतले बोलायो सचिवालय बैठक
मधेशमा दुई मन्त्री फेर्दै जनमत
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित