काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्ने दायित्व काँग्रेसको भएको बताएका छन्। संसदीय दलले काँग्रेसबाट राष्ट्रिय सभामा निर्वाचित भएका सदस्यसँग आइतबार गरेको कार्यक्रममा राष्ट्रिय सभा सदस्यसमेत रहेका सिटौलाले राष्ट्रहितको बाटो देखाउने दायित्व पनि काँग्रेसकै काँधमा रहेको बताए।
‘अरु पार्टीको भन्दा काँग्रेसको अलि बढी दायित्व छ। शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी दायित्व पनि काँग्रेसको काँधमा छ,’ उनले भने, ‘अन्य पार्टीहरूलाई राष्ट्रहितको पथप्रदर्शन गर्ने, बाटो देखाउने दायित्व पनि काँग्रेसकै काँधमा छ। त्यसैले हामीले सबैलाई मिलाएर सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु पनि छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनप्रतिनिधिले जिम्मेवार र जवाफदेहितासहित नागरिक हक अधिकारका लागि काम गर्नुपर्छ : कृष्णप्रसाद सिटौला
सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ: कृष्णप्रसाद सिटौला
संघीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छ: नेता सिटौला
आन्तरिक एकता नभए बाह्य शक्तिको हस्तक्षेप भइ देश नै कमजोर हुन्छ : कृष्ण सिटौला
पूर्वराजाले राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ : सिटौला
सरकारले चाहे ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउन सक्छ : कृष्णप्रसाद सिटौला