काठमाडौं । प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन आगामी वैशाख तेस्रो साता हुने भएको छ । त्यसबारे निर्णय गर्न आज निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै छ । बैठकले वैशाख १४ गते पछाडि र २० गते अगाडिको मिति तोक्ने तयारी गरेको छ ।
इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएकाले सो पद रिक्त छ । यसैगरी बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो ।स्थानीय तहको उपनिर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तोक्छ भने प्रदेश र प्रतिनिधि सभाको उपनिर्वाचनको मिति सरकारसँग परामर्श गरेर निर्वाचन आयोगले तोक्ने व्यवस्था छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचनको विषयमा सरकारसँग परामर्श गरिसकेको र सोहीअनुसार आजको बैठकबाट निर्णय गर्न लागिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाका सचिव राईले सभामुख अर्याललाई बुझाए स्पष्टीकरण
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर हुने
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल
प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत
नयाँ सरकार गठन भएपछिको पहिलो प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ