काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आइतबारको प्रतिनिधि सभा बैठक पनि अवरोध गर्ने भएको छ । बालकुमारी घटना, टेरामक्स प्रकरण र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने विषयमा प्रश्न उठेका मन्त्रीहरूको राजीनामा माग्दै आजको बैठकमा विरोध जारी राख्ने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
‘हाम्रो अवरोध जारी नै छ । जबसम्म प्रश्न उठेका मन्त्रीहरूको राजीनामा आउँदैन तबसम्म कार्यक्रम परिवर्तन हुँदैन’, प्रमुख सचेतक गिरीले भने ।
नेकपा एमालेले टेरामक्स प्रकरणमा मुछिएर अख्तियारमा बयान दिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने पर्यटन मन्त्री सुदन किरातीको राजीनामा माग्दै सदन अवरोध गरिरहेको छ ।
प्रतिनिधि सभाको बैठक आइतबार ११ बजे बस्दै छ । आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यसैगरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद भवनको इन्टरनेट बिग्रिएपछि प्रतिनिधि सभा बैठकको लाइभ प्रभावित
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सबै सांसद उठे
भोलि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित
प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ