काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आइतबारको प्रतिनिधि सभा बैठक पनि अवरोध गर्ने भएको छ । बालकुमारी घटना, टेरामक्स प्रकरण र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने विषयमा प्रश्न उठेका मन्त्रीहरूको राजीनामा माग्दै आजको बैठकमा विरोध जारी राख्ने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
‘हाम्रो अवरोध जारी नै छ । जबसम्म प्रश्न उठेका मन्त्रीहरूको राजीनामा आउँदैन तबसम्म कार्यक्रम परिवर्तन हुँदैन’, प्रमुख सचेतक गिरीले भने ।
नेकपा एमालेले टेरामक्स प्रकरणमा मुछिएर अख्तियारमा बयान दिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने पर्यटन मन्त्री सुदन किरातीको राजीनामा माग्दै सदन अवरोध गरिरहेको छ ।
प्रतिनिधि सभाको बैठक आइतबार ११ बजे बस्दै छ । आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यसैगरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
सांसदहरू बैठकमा आउनै नमान्ने सभामुखसँग संसदीय समितिका सभापतिहरूको गुनासो
प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध
प्रतिनिधि सभा बैठक शुरू, प्रधानमन्त्री प्रचण्डले जवाफ दिने
गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने संसद्को कार्यसूची, अवरोध गर्ने कांग्रेसको तयारी
सरकारलाई जनताले भेटुन्, सहकारी पीडितले न्याय पाउन् : रामहरि खतिवडा