चीनमा कार्गो जहाज पुलमा ठोक्कियो, पाँच जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १२ फागुन २०८०, १२ : ३८
चीनमा कार्गो जहाज पुलमा ठोक्कियो, पाँच जनाको मृत्यु

काठमाडौं। चिनियाँ शहर क्वाङचौमा एक कार्गो जहाज पुलमा ठोक्किएको छ । कार्गो जहाज ठोक्किएपछि पुल भत्किएको छ । दुर्घटनामा पुलको एउटा हिस्सा भाँचिएको देखिन्छ । घटना बिहीबारको हो ।दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । पुलमा गुडिरहेका पाँच वटा सवारी साधन नदीमा खसेको सीएनएनले जनाएको छ ।

यसरी खस्नेमा एउटा सार्वजनिक बस पनि रहेको समाचारमा उल्लेख छ । जहाजका क्याप्टेनलाई पक्राउ गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस