सिंहदरबार जान रोकेपछि मिटरब्याज पीडितले सडकमै बसेर गरे प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, ११ फागुन २०८०, १६ : ३२
सिंहदरबार जान रोकेपछि मिटरब्याज पीडितले सडकमै बसेर गरे प्रदर्शन

काठमाडौँ । मिटरब्याजी साहुबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २५ दिनदेखि पैदल मार्च गर्दै काठमाडौंँआइपुगेका मिटरब्याजपीडितहरुले शुक्रबार थानकोट-सिंहदरवार पैदल मार्च गरेका छन् । 

प्लेकार्ड र नाराबाजीसहित पैदलमार्च गरेर सिंहदरबारतर्फ लम्किरहेका उनीहरूलाई प्रदर्शनीमार्गस्थित पर्यटन बोर्ड नजिकै प्रहरीले रोकेको छ ।

मार्चमा प्रहरीले अवरोध पुर्‍याएपछि उनीहरू सडकमै बसेर प्रदर्शनमा उत्रिएका छन् । कोही भुँइमै सुतेका छन् भने कोही न्याय पाउनुपर्ने भन्दै रोइरहेका छन् । उनीहरूले सरकारले आफूहरूलाई न्याय दिनुपर्ने भन्दै नाराबाजी समेत गरिरहेका छन् । उनीहरूले गत माघ १६ गते पूर्व र पश्चिमबाट एकैसाथ पैदलमार्च थालेका थिए । 

 

प्रतिक्रिया दिनुहोस