काठमाडौँ । प्रहरीले सर्लाहीको बागमती नगरपालिका–३ स्थित नयाँरोड बरहथवा सडक खण्डबाट ११६ केजी गाँजा बरामद गरेको छ । निजी कारमा गाँजा बोकेर हिँडेका कार चालकलाई पक्राउ गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए ।
पक्राउ पर्नेमा पूर्वी नवलपरसीको गैँडाकोट नगरपलिका–११ घर भएका ३० वर्षीय सूर्य परियार छन् । बिहीबार सूर्य परियारले चलाएको बागमती प्रदेश–०१–०२६ च ५१५९ नम्बरको कार चेकजाँच गर्दा गाँजा फेला परेको एसपी ज्ञवालीले जानकारी दिए ।
सो कार दक्षिणबाट उत्तरतर्फ जाँदै थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा हुरीका कारण ६ जना घाइते
वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण, प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर
बाढी र डुबानले प्रभावित सर्लाहीका गाउँमा खानेपानी समस्या
सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या
सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद