काठमाडौं। समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा आफूहरूका सुझाव नसमेटिएको भन्दै प्रतिनिधिहरूले होहल्ला गरेपछि नेपाली कांग्रेसको महासमिति बैठक प्रभावित भएको छ। बन्दसत्रको अन्तिम दिन समूहगत छलफलको निष्कर्ष प्रदेश सभापतिले सुनाउने क्रम चलिरहेको थियो ।
बागमती प्रदेश समितिका सभापति इन्द्र बानियाँले निष्कर्ष सुनाइ रहेको समयमा प्रतिनिधिले आफ्ना सुझाव नसमेटिएको भन्दै होहल्ला शुरू गरेका थिए । प्रतिनिधिहरू मञ्चको अगाडितर्फ गएपछि बन्दसत्र प्रभावित भएको थियो । प्रतिनिधिलाई रोक्न प्रहरीसमेत परिचालन भएको थियो ।
त्यसपछि महामन्त्री गगन थापाले परिस्थिति सम्हाल्न अग्रसरता लिएका थिए । सबैको कुरा सुनेरमात्र निर्णय हुने भन्दै अन्य प्रदेशका सभापतिलाई बोल्न दिन आग्रह गरे । यसअघि संस्थापन पक्षकै सभापतिले छलफलका निष्कर्ष राखेका थिए ।महासमिति बैठक बिहीवार समापन गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस