नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि यस्तो देखियो जाम (फोटोफिचर)

सफल खबर संवाददाता

मंगलबार, २६ भदौ २०७५, १४ : १२
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि यस्तो देखियो जाम  (फोटोफिचर)

चितवन  । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । सो स्थानमा आज बिहान १ः३० बजे पहिरो खसेको थियो । अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार रुखसहित पहाडको ढिस्को खसेपछि सडक अबरुद्ध भएको हो ।

पहिरो खसेपछि सवारी साधन हरु जाममा परेका छन् । पहिरोको कारण यातायात ठप्प भएपछि सवारी जाम भरतपुरसम्म आइपुगेको छ ।

जामको कारण दर खान माइत हिँडेका चेलीहरु बाटोमै अलपत्र परेका छन् । उनीहरु कोही बाटो खुल्ने प्रतीक्षामा छन् भने कोही घर फर्केका छन् ।

यो पनि
नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्ड : पहिरो पन्छाउन दिनभर लाग्ने

प्रतिक्रिया दिनुहोस