काठमाडौं। प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै मान्छेलाई धम्काउने एक जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले काठमाडौं महानरपालिका–४ चुनदेवीका ५२ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनले आइतवार मध्यराति काठमाडौंको लाजिम्पाटमा सवारी चालकलाई धम्काएका थिए । ‘आईडी हेर्छस्..., डीएसपीको आईडी हेर्छस् । तँलाई लगेर थुन्दिउँ’ भन्दै गाडी चलाउने व्यक्तिलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उनले ती व्यक्तिलाई ‘नेपाली नागरिकता छ की छैन,’ भन्दै धम्काएको भिडियोमा देख्न सकिन्छ ।उनलाई नैतिकताविरुद्धको कसूर गरेको अभियोगमा पक्राउ गरिएको हो । उनको प्रहरीसँग कुनै पनि सम्बन्ध नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ