काठमाडौं। प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै मान्छेलाई धम्काउने एक जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले काठमाडौं महानरपालिका–४ चुनदेवीका ५२ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनले आइतवार मध्यराति काठमाडौंको लाजिम्पाटमा सवारी चालकलाई धम्काएका थिए । ‘आईडी हेर्छस्..., डीएसपीको आईडी हेर्छस् । तँलाई लगेर थुन्दिउँ’ भन्दै गाडी चलाउने व्यक्तिलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उनले ती व्यक्तिलाई ‘नेपाली नागरिकता छ की छैन,’ भन्दै धम्काएको भिडियोमा देख्न सकिन्छ ।उनलाई नैतिकताविरुद्धको कसूर गरेको अभियोगमा पक्राउ गरिएको हो । उनको प्रहरीसँग कुनै पनि सम्बन्ध नरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ