काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सुनको मूल्य ४०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ५० रुपैयाँ कायम थियो ।
हिजो आइतबार सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँको वृद्धि आएको थियो । गत साताको शुक्रबारको तुलनामा ५०० रुपैयाँले बढेर सुनको कारोबार सुरु भएको थियो । सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा १४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय १० रुपैयाँ कायम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
२४ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?