मदन भण्डारीलाई सम्झदै प्रचण्डले गरे बाम एकताको खुलसा

आइतबार, १९ कार्तिक २०७४, १८ : ४९
मदन भण्डारीलाई सम्झदै प्रचण्डले गरे बाम एकताको खुलसा


चितवन । बलियो कम्युनिष्ट केन्द्र को चाहाना अब पुरा हुने पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास व्यक्त गर्नुभयो । नेपाली जनताले लामो समय देखि विभाजित कम्युनिष्टहरु एकिकरणको चाहना राखेको थिए अब केहि समयमै यो कुरा पुरा हुने जिकिर गर्नुभयो । प्रचण्ड विजय अभियानको उद्घाटन कार्यक्रममा सो कुरा बताउनुभयो । उहाले भन्नुभयो, "०४६ सालमा दुई कम्युनिष्ट बिच एकता हुने क्रममा थियो । ठुला कम्युनिष्ट समुह मिलेर एमाले बन्यो र अर्का तिर माओवादी कम्युनिष्टहरुको एकता केन्द बन्न गएको स्मरण गर्नुभयो । एकतावद्ध भएको कम्युनिष्टले मात्र देशको विकास हुन सक्छ भनी त्यही समयमा दुईलाई एउटै पाटी बनाउने कुरा चलेको थियो । वार्ताको तयारी गर्दै गर्दा एमाले अध्यक्ष मदन भण्डारीको हत्या भयो । एकताको कुरा त्यही स्थगित हुन पुग्यो" ।

अभियानको उदेघाटन गर्दै उहाले कम्युनिष्ट अन्दोलनको सुरुवात आफुले चितवनबाटै सुरु गरेको बताउनु भयो  । मैले पाटी सदस्य भएर सम्मेलनमा भाग लिन आएको ठाउ चितवनको क्षेत्र नं ३ रहेको खुलासा गर्नु भयो । प्रदेशसभा र प्रतिनिधीसभाको चुनावको बारेमा बोल्दै उहाले भन्नुभयो –निर्वाचन आउछन जानछन । तर अहिलेको नेपालको ईतिहासमा संघिय सरकार बन्दै छ । पहिलो चोटी नेपाल यस्तो हुन लागेको हो । त्यस अन्तरगतको पहिलो पटक प्रदेश सरकार ,संघिय सरकार बन्दै छ । पहिलो पटक पाटी एकता संयोजन समिति बनाएर दुई ठुला कम्युनिष्ट पाटीहरु एकताको संकल्प सहित संमायोजन समिति सहित देशभर बामपन्थीहरु बाम तालमेलको अधारमा निर्वाचनमा समेल हुदै छौ यो ऐतिहाससिक छ । एउटै शक्तीशाली कम्युनिष्ट पाटीको केन्द्र बनाउने उदेश्यका साथ चुनाव हुन लागेको ऐतिहासिक तथा मौलिक निर्वाचन अगाडी हाम्रो अगाडी आएको बताउनुभयो ।

क्षेत्र नं. ३ पुरानो कम्युनिष्टको र नया कम्युनिष्टको क्षेत्र कम्युनिष्टको अधार ईलाका र क्रान्तिकारी गणमा उमेदवारको रुपमा खडा रहेको उल्लेख र्गनुभयो । यस पटक म निर्वाचन आफ्नै घरमा आएको छु । रोल्पा,कालिकोट ,सिराह ,रुकुम,गोरख बर्दीया लगाएतका १० जिल्लाबाट  जिल्ला कमिटिहरुले निर्णय गरी आफुलाई उमेदवारको लागि अहवान गरे पनि आफु चितवनै आएको जानकारी दिनुयभो जुन ठाउमा राजनीतिको क ख सिके, बाल्यकाल बित्यो , पंचायत व्यवस्था विरुद्धको अभियनमा सामेल भए ,पढेलेखे , जहा सबै भन्दा बढी संघर्ष गरे त्यही ठाउमै जानु र्पछ भन्ने धयका साथ चितवन आएको हु“ । मलाई यहाका जनताले विजयी बनाएरै छडने ठोकुवा गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस