काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने बताएका छन ।पार्टीले वर्ग आत्मसमर्पणवादको बाटो लिएकाले आगामी राष्ट्रिय महाधिवेशनबाट त्यसलाई सच्याउनुपर्ने सम्मानित नेता खनालको भनाई थियो ।
समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीबाट श्रमजीवि वर्गबाट टाढा पु(याउने काम विद्यमान मोर्चाबन्दीले गरिरहेकाले त्यसलाई सच्याउने कुरालाई ध्यानमा राखेर पार्टीले आगामी महाधिवेशनको तयारी गर्नुपर्ने बताए । सम्मानित नेता खनालले वर्ग समन्वयको बाटोबाट मुलुकमा श्रमजीवि वर्गको हित हुनै नसक्ने बताए ।
उनले भने, ‘प्रधान प्रतिद्वन्दीसँग कुनै मोर्चा बन्दैन । यदि बनाइयो भने त्यो गलत हुन्छ । त्यो वर्ग समन्वय हुन्छ । त्यसले वर्ग संघर्ष गर्ने होइन, वर्ग समन्वय गराउँछ त्यसले । वर्ग आत्मसमर्पणवाद गराउँछ त्यसले । र, वर्ग संघर्ष होइन, त्यसबाट पार्टीलाई विमुख बनाउँदै लैजान्छ । अहिले हामी हाम्रो श्रमजीवि वर्गबाट जसरी टाढिएका छौं नि । परिणाम त्यही हो । हो, यही कुरालाई सच्याउन हामीले राष्ट्रिय महाधिवेशनमा सच्याउन सक्नुपर्छ । राष्ट्रिय महाधिवेशनका सामु धेरै गम्भिर महत्वका कार्यभारहरु छन् । ती कुरालाई ध्यान राखेर हामीले अगाडि बढ्नुपर्छ । ’
सम्मानित नेता खनालले नेपालमा हाल तत्काल बामपन्थीहरुबीच एकता सम्भव नभएपनि कार्यगत एकता हुनसक्ने पनि दोहो¥याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ फागुन २०८०, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र ल्याएपनि जनताको बन्न सकेन : झलनाथ खनाल
सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल
नीति तथा कार्यक्रममा जनताको हितमा केही छैन: झलनाथ खनाल
श्रमिक वर्गले नै परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छ : झलनाथ खनाल
मनमोहनलाई सम्झिँदै झलनाथले भने- छोटो समय प्रधानमन्त्री हुनुभयो तर अझै नेपालीले बिर्सिएका छैनन्
भारतले ४० रोपनी नेपालको भूमि कब्जा गर्यो : झलनाथ खनाल