दुर्घटना रोकथाम र न्युनीकरणबारे छलफल गर्न बैठक आह्वान

सफल खबर संवाददाता

विहीबार, ०३ फागुन २०८०, १४ : ०१
दुर्घटना रोकथाम र न्युनीकरणबारे छलफल गर्न बैठक आह्वान

दाङ । लुम्बिनी प्रदेश सरकारले बढ्दो दुर्घटना रोकथाम र न्युनीकरणबारे छलफल गर्नका लागि बैठक बोलाएको छ । दुर्घटना रोकथाम र न्यूनीकरणका लागि लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, ट्राफिक प्रमुख, १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संघ तथा संस्थाको संयुक्त बैठक फागुन १४ गतेका लागि मन्त्रालयमा आह्वान गरिएको उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले जानकारी दिए । 

संयुक्त बैठकपछि दुर्घटनाप्रति लुम्बिनी मन्त्रालयको तर्फबाट दुर्घटना न्यूनीकरणका लागि विशेष निर्णय लिइने उनको भनाइ छ ।  बिहीबार महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सु प–०२–००१ ख ००९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिक दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १० जनाको मृत्यु र ३० जना घाइते भएको प्रहरीले जनाएको छ । 

राणाले घाइतेको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए ।  सडक दुर्घटनाप्रति लुम्बिनी प्रदेश सरकार गम्भीर भएर सरोकारवालाको बैठक बोलाइएको राणाले बताए ।

प्रतिक्रिया दिनुहोस