काठमाडौँ । वसन्त पञ्चमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन्। राष्ट्रपति पौडेलले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नवसाल चोकमा वसन्त श्रवण गरेका हुन्। यस दिन हनुमानढोकाको नवसाल चोकमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने प्रचलन रहिआएको छ।
सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ , गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए। वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने कथन छ।
वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ। यस दिनबाट नै संसारको स्वरूपले नै नयाँ रूप लिने विश्वास रहिआएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक दायारमा रहेर अहिलेको विषम परिस्थितीमा मुलुकलाई कसरी निकास दिन सकिन्छ भन्ने प्रयासमा छु : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
‘नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्’ : राष्ट्रपति पौडेल
आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछ: राष्ट्रपति पौडेल
‘साहित्य, कला, संगीत देशको पहिचान र आत्मा हो’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता