काठमाडौँ । वसन्त पञ्चमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन्। राष्ट्रपति पौडेलले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नवसाल चोकमा वसन्त श्रवण गरेका हुन्। यस दिन हनुमानढोकाको नवसाल चोकमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने प्रचलन रहिआएको छ।
सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ , गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए। वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने कथन छ।
वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ। यस दिनबाट नै संसारको स्वरूपले नै नयाँ रूप लिने विश्वास रहिआएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनप्रतिनिधिलाई विकास र सुशासनमा एकताबद्ध भई जिम्मेवारी निर्वाह गर्न राष्ट्रपति पौडेलको आह्वान
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश
ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रपति पौडेल
यस्तो छ राष्ट्रपति पौडेलले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान