काठमाडौ । गृह मन्त्रालयले मंगलबार सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद्को गत माघ २५ गतेको निर्णयअनुसार बिदा कायम नरहेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
जनयुद्ध दिवसको अवसरमा सरकारले बिदा दिने निर्णय गरेपनि सर्वोच्च अदालतले त्यसलाई उल्ट्याइदिएपछि मन्त्रिपरिषद्ले सोहीअनुसार गरेको निर्णय राजपत्रमा प्रकाशित भइसकेको छ ।
जनयुद्ध दिवसमा दिइने बिदा सर्वोच्चले खारेज गरेपनि कतिपय स्थानीय तहले भने आफूखुसी बिदा दिएका छन् ।
तत्कालीन विद्रोही माओवादीले २०५२ फागुन १ देखि जनयुद्ध सुरु गरेको सम्झनामा माओवादी नेतृत्वकै सरकारले बिदाको निर्णय गराएको थियो । तर, सो निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा