काठमाडौं। नेपाल पत्रकार महासंघको संस्थापक को भन्ने विवादले उघ्र रुप लिएपछि महासंघका पूर्व सभापतिको बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रम बिथोलिएको छ।महासंघको प्रदेश प्रतिष्ठान शाखाले प्रकाशन गरेको पुस्तक ‘अग्र अनुहार’ विमोचन कार्यक्रममा जनजाति पत्रकार संघ (फोनिज)ले हस्तक्षेप गरेको हो ।
फोनिजले महासंघको संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्ने माग राख्दै आएको छ । पुस्तकमा कृष्णप्रसाद भट्टराईलाई संस्थापक भनिएको छ । महासंघको इतिहासमा पनि भट्टराई नै संस्थापक भएको दस्तावेजहरूमा उल्लेख छ ।
नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथि बनाइएको थियो ।विवादको संकेतपछि घिमिरे कार्यक्रममा आएनन् भने सञ्चारमन्त्री रेखा शर्मा पनि अनुपस्थित भएकी छिन् ।फोनिजको अवरोधका बाबजुद महासंघका पूर्व सभापतिको उपस्थितिमा पुस्तक विमोचन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ माघ २०८०, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
पत्रकार महासंघका पदाधिकारीको कार्यविभाजन, १३ विभागका संयोजक तोकिए
पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा ६ संगठन एक ठाउँमा
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित