छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २८ माघ २०८०, १२ : ०४
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ ।  छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनाको विवरण यसप्रकार छ-पर्सा- जगरनाथपुर गाउँपालिका-६ बहुअरीस्थित सडकमा ना.२ ख ९८०३ नम्बरको बसमा चड्ने क्रममा लड्दा बसको पछाडीको चक्काले किचेर सहचालक जिराभवानीपुर गाउँपालिका-१ बलुवा बस्ने २५ वर्षीय अशोक मुखियाको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

भक्तपुर- सूर्यबिनायक नगरपालिका-१० पलासेस्थित सडकमा बा.२ ख ९४५४ नम्बरको बस र बा.७८ प ३१५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका ५४ वर्षीय मुकुन्द प्रसाद तिमल्सिनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।झापा- बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोकमा मे.११ प ३१४९ नम्बरको मोटरसाइकल र को.१ ख ६४२८ नम्बरको टिपर एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय रामकृष्ण पौडेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी-  सुरूङगा नगरपालिका-४ कदमाहस्थित सडकमा स.६ प १३२० नम्बरको मोटरसाइकल प्र.२-०३-००१ ख ६२८४ नम्बरको ट्रकमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहा लहान नगरपालिका-१८ बस्ने २३ वर्षीय सिकिन्द्र ठाकुरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।