अछाम । अछामकाे मेल्लेख गाउँपालिका–३ दर्वा बस्ने जय बहादुर बुढा र झंकरे बुढाको गोठमा बुधबार साँझ आगलागी हुँदा ६ बर्सिया नातिनी निरूता बुढा र सोही ठाउँ बस्ने जगत् बुढाको छोरा ३ वर्षीय अङ्कित बुढाको जलेर मृत्यु भएको छ ।
खेल्ने क्रममा गोठको ढोका नजिक बालेको आगोबाट गोठभित्र राखिएको खरमा आगो सल्किई आगलागी हुँदा दुवै जनाको जलेर मृत्यु भएको हो ।
आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बगुडाठाँटी समेतबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ माघ २०८०, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि