हिउँदे अधिवेशनमा संसद्लाई बिजनेस दिन काँग्रेस सांसदको माग

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, १४ : ५७
हिउँदे अधिवेशनमा संसद्लाई बिजनेस दिन काँग्रेस सांसदको माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद कमला पन्तले संघीय संसदको हिउँदे अधिवेशनमा बिजनेसको कमी हुन नदिन सरकारसँग आग्रह गरेकी छिन्।

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन्। उनले चालु अधिवेशनमा धेरै भन्दा धेरै विधेयक ल्याउनुपर्ने बताइन्। उनले संसद बिजनेसबिहीन भएर बस्नुपर्ने विगतको स्थिति दोहोरिन नदिन आग्रह गरिन्। सरकारले धेरै भन्दा धेरै बिजनेस संसद्लाई दिनुपर्ने उनको भनाइ छ।

उनले भनिन्, ‘यो अधिवशेनमा विधेयक धेरै ल्याउनुपर्नेछ। त्यसैले म सरकारलाई के अनुरोध गर्दछु भने वास्तवमा संसद बिजनेस नपाएर बस्ने गरेको छ। यो अधिवेशनमा बिजनेस नपाएर संसद खालि बस्न नपरोस्। सरकारले बिजनेस दिओस्।’

प्रतिक्रिया दिनुहोस