भरतपुरका दुई उद्यमी युवाले पाए विश्वविद्यालय अनुदान आयोगको विज रकम

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, १३ : ००
भरतपुरका दुई उद्यमी युवाले पाए विश्वविद्यालय अनुदान आयोगको विज रकम

भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर १० मा अवस्थित प्रेसिडेन्सी कलेज अफ मेनेजमेन्ट साइन्समा अध्ययनरत दुई विद्यार्थीले ४० लाख बराबरको विज रकम अवार्ड पाएका छन् । उक्त कलेजको एमबीएमा अध्ययनरत ई. प्रविण काफ्ले र संगिन सापकोटाले विश्वविद्यालय अनुदान आयोगको इन्टरप्रेनरसिप सपोर्ट प्रोग्राम Eअन्तर्गत ४० लाख बराबरको विज रकम अवार्ड पाएका हुन् ।

वर्तमान सन्दर्भमा नेपाली विद्यार्थीहरु उच्च शिक्षाको लागि पलायन भइरहेको सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगले विद्यार्थीहरुमा उद्धमशिलता विकास गर्ने र स्वदेशमै अवसरहरुको सिर्जना गर्नको लागि यो खालको कार्यक्रम पहिलो पटक कार्यान्वयनमा ल्याएको जनाइएको छ । देशभरबाट कुल ४२ प्रतिस्पधिले आफ्नो योजना प्रस्तुतिकरण गरेपश्चात अन्तिम विज रकमको लागि कुल २१ जनाको नाम सार्वजनिक भएको छ ।

जसमध्ये प्रेसिडेन्सि कलेज अफ म्यानेजमेन्ट साइसेन्स भरतपुर, एनसीआईटी कलेज काठमाडौँ, बागेश्वरी कलेज भक्तपुर, पुल्चोक क्याम्पस ललितपुर लगायत करिब १ दर्जन क्याम्पस/कलेज रहेका छन् । विश्वविद्यालय अनुदान आयोगले बोकेका विभिन्न चरणका प्रकृयाहरु सम्पन्न गरि प्रेसिडेन्सी कलेजका अन्य थप २ जना (प्रबिना शाह ( आर्ट स्पेस) ले ३५ लाख र सन्तोष कँडेल (मेरो किनमेल) ले पनि २४ लाख विज रकम प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस