काठमाडौं । संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज शपथ लिएका छन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिस्लिना, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
पाण्डेयलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले संसद् महासचिवमा नियुक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता
संसद्मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस हुने
संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै
संसद्को हिउँदे अधिवेशनबाट पारित भए ५ अध्यादेश र ५ विधेयक
संघीय संसद्का दुबै बैठक बस्दै, यस्ता छन् कार्यसूची