पाठेघरको मुखको क्यान्सर विरुद्ध २० हजार किशोरीलाई खोप

सफल खबर संवाददाता

मंगलबार, २३ माघ २०८०, १४ : ५९
पाठेघरको मुखको क्यान्सर विरुद्ध २० हजार किशोरीलाई खोप

काठमाडौँ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि २० हजार किशोरीलाई खोप लगाइएको छ । चौध देखि १५ वर्ष उमेरका २० हजार किशोरीलाई  पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप लगाइएको हो  ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार महिलामा देखिने क्यान्सरमध्ये बढी मात्रमा पाठेघरको मुखको क्यान्सर भएकाले सो खोप लगाइएको हो । क्यान्सर रोकथामका लागि थप खोप ल्याउन पहल भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

सानै उमेरमा विवाह, असुरक्षित शारीरिक सम्बन्ध, सरसफाइमा हेलचक्रई लगायत कारणले पाठेघरको मुखको क्यान्सर हुने उनले बताए ।पाठेघरको मुखको क्यान्सरका बिरामी २१ देखि २२ सय जना वार्षिक रूपमा देखा पर्ने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस