जनताका समस्यालाई फरक ढङ्गबाट सम्बोधन गरिरहेका छौं : मुख्यमन्त्री कार्की

सफल खबर संवाददाता

मंगलबार, २३ माघ २०८०, ११ : ३१
जनताका समस्यालाई फरक ढङ्गबाट सम्बोधन गरिरहेका छौं : मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताका समस्यालाई फरक ढङ्गबाट सम्बोधन गरिरहेको बताएका छन् ।सुनसरीको जामिया इस्लामिया मदर्सामा सोमवारदेखि शुरूवात भएको ४ दिने वार्षिक शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचारको व्यवस्था गरेको समेत उनले जानकारी गराएका थिए ।‘सरकारले प्रदेशको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई लाभ हुने गरी काम गरिरहेको छ’, उनले भने ।

प्रदेश सरकार दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेको र यस्ता जनशक्तिलाई प्रदेशमै रोजगारीको अवस्था सिर्जना गर्ने समेत उनले दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस