दुई लाख ७७ हजार क्विन्टल चामल किन्न फेरि टेन्डर

पत्रपत्रिकाबाट

मंगलबार, २३ माघ २०८०, ०८ : ०७
दुई लाख ७७ हजार क्विन्टल चामल किन्न फेरि टेन्डर

काठमाडौ । खाद्य  व्यवस्था  तथा  व्यापार  कम्पनी  लिमिटेडले चामल खरिद गर्न दोस्रो पटक टेन्डर  आह्वान  गरेको  छ  । 

पहिलो  पटक  टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेकाले पुुन बजार मूल्य अनुसार चामल खरिद गर्ने गरी टेन्डर आह्वान गरेको हो । तीन लाख ३६ हजार क्विन्टल चामल खरिद गर्न कम्पनीले गत मङ्सिर ६ गते टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेकाले पुुन दुई लाख  ७७  हजार  क्विन्टल  चामल  खरिद  गर्न टेन्डर आह्वान गरेको हो ।

कम्पनीले धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न टेन्डर आह्वान गरेको थियो । कम्पनीले धान चामल खरिद गरी दुुर्गम तथा सुुगम ठाउँमा सुुपथ मूल्यमा खाद्यान्न वितरण गर्र्ने गरेको छ ।

बजारमा धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न कम्पनीले टेन्डर आह्वान गरेको थियो । तर चामल खरिद गर्न पहिलो पटक टेन्डर  नपर्दा  दोस्रो  पटक  टेन्डर  आह्वान  गरेको जनाइएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस