नारायणगढ–मुग्लिन सडक आजदेखि फागुन १२ सम्म दैनिक ४ घण्टा बन्द हुने

सफल खबर संवाददाता

आइतबार, २१ माघ २०८०, १२ : ५५
नारायणगढ–मुग्लिन सडक आजदेखि फागुन १२ सम्म दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गतको नारायणगढ–मुग्लिन सडक आजदेखि फागुन १२ सम्मका लागि हरेक दिन दिउँसो ४ घण्टा बन्द हुने भएको छ ।

यो खडकखण्डको तुइन खोलामा पुल निर्माणका लागि कडा चट्टानी पहाड फुटाउने काम भइरहेकाले दैनिक ४ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ ।

‘नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण कार्यका लागि कडा चट्टानी पहाड फुटाउने कार्य लगभग अन्तिम चरणमा पुगेको जानकारी गराउँदै माघ २१ गतेदेखि फागुन १२ सम्मका लागि पुनः दिनको १२ देखि ४ बजेसम्म सो खण्डको आवागमन बन्द रहने कुराको समेत जानकारी गराउदछौं,’ कार्यालयले आफ्नो फेसबूक पेजमा लेखेको छ ।यसअघि पनि यो खडकखण्ड दिउँसो केही घण्टा बन्द भएको थियो ।