काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सर्लाही, मोरङ र रामेछाप जिल्लामा दुर्घटना भएका हुन् । सर्लाहीको बागमती नगरपालिका-१२ भरत तालस्थित सडकमा मधेस प्रदेश ०३-०२५ प ५९२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बरहथवा नगरपालिका-७ बस्ने १९ वर्षीया अस्मिता रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्रपुर हस्पिटल रौतहटमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता मोरङको रंगेली नगरपालिका-३ रंजनीस्थित आनन्द इँटाभट्टाभित्र को.१ त ८५७८ नम्बरको ट्याक्टरको ठक्करबाट भट्टामा काम गर्ने भारत कुच बिहार घर भएका ५५ वर्षीय बिसन्दु मियाको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङकै कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा प्र ३-०१-०२४ च ७३७७ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रामेछापको रामेछाप नगरपालिका-८ रामेछापडाँडामा लु.९६ प १९६० नम्बरको मोटरसाइकलको ठक्करबाट रामेछापडाँडा बस्ने भारत भएका जावेद खानको छोरा ७ वर्षीय मुराज खानको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धुलेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ माघ २०८०, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु