झारखण्डमा चंपाई सोरेनले खाए मुख्यमन्त्रीको शपथ

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, १४ : १०
झारखण्डमा चंपाई सोरेनले खाए मुख्यमन्त्रीको शपथ

नयाँ दिल्ली । झार खण्ड मुक्ति मोर्चा (झामुमो)का उपाध्यक्ष चंपाई सोरेनले झारखन्डका मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । राज्यपाल सीपी राधाकृष्णनले शुक्रवार राजभवनमा उनलाई पद र गोपनीयताको शपथ दिलाएका थिए ।

हेमन्त सोरेनको राजीनामा र प्रवर्तन निर्देशनालय (ईडी)ले उनलाई पक्राउ गरेपछि झामुमोका वरिष्ठ नेता चंपाई सोरेनको नाम सत्तारुढ गठबन्धनका नयाँ नेताहरूको रूपमा प्रस्ताव गरिएको थियो । चंपाई सोरेनपछि कांग्रेसका नेता आलमगीर आलमले झार खण्डको क्याबिनेटमा मन्त्रीको रूपमा शपथ लिएका थिए ।

शपथ ग्रहण गर्नेमा राष्ट्रिय जनता दलका सत्यानन्द भोक्ता पनि सामेल थिए । जमिन घोटाला मामिलामा ईडीले सोधपुछ गरेपछि हेमन्तलाई पक्राउ गरेको थियो । ईडीको सोधपुछ लगत्तै हेमन्तले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस