काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरूप आफूले संवाद यात्रा गरेको बताएका छन् । झापाबाट सुरु गरेको संवाद यात्राको क्रममा बिहीबार महोत्तरीको भोल्हीमा नेपाल प्रेस युनियन महोत्तरी शाखाले गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले समुदायको समस्या बुझ्ने यात्रामा रहेको बताए ।
जनताको सवाल राजनीति मुद्दा बन्नुपर्ने बताउँदै उनले भने ‘युवाको रोजगारीको विषय, किसानको सिँचाइ समस्या, विद्यार्थीको पढाइको अवस्था, स्वास्थ्य र खेतखलिहानको विषय राजनीति मुद्दा बन्नुपर्छ ।’
उनले धनुषा-महोतरीका किसान निलगाईले बाली खाइदिने समस्याबाट आक्रान्त रहेको आफूले जानकारी पाएको बताए । ‘किसानको खेतमा सिँचाइको समस्या छ । तर यो समस्याको विषयमा राजनीतिमा छलफल हुँदैन । छलफलमा यस्ता विषय उठाउन खोज्दा उठाउनै दिइँदैन’, उनले भने, ‘जनताले दैनिक भोगिरहेको समस्या बारे गठबन्धन सहितको राजनीति दलको प्राथमिकतामा परेको छैन ।’
आफूले गरेका कमीकमजोरी पत्ता लगाउन समेत यो संवाद कार्यक्रमले मद्दत पुग्ने महामन्त्री थापाको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ माघ २०८०, २१ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा
कांग्रेसले भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्छ : सभापति थापा
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा