उद्योगी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति

सफल खबर संवाददाता

विहीबार, १८ माघ २०८०, १९ : ४७
उद्योगी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा आज चौधरी पक्राउ परेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएको हो ।जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस