जनकपुरधाम । मधेश सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएको जनमत पार्टीले प्रमुख प्रतिपक्षी दलको दाबीसहित मान्यता दिन माग गरेको छ । जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुख रामचन्द्र मण्डललाई पत्र बुझाएका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रमुख प्रतिपक्षी दल जनमत पार्टी बनेको उनको दाबी छ ।
अहिले मधेश प्रदेशसभामा नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ । २४ सांसद भएको सबभन्दा ठूलो दल एमाले सरकारमा सहभागी छैन तर समर्थन दिएको छ ।
तर जनमत पार्टी सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ । प्रदेशसभामा १० प्रतिशत सदस्य रहेको र सरकारमा सहभागी नभएको दललाई प्रमुख प्रतिपक्षी दल हुने प्रावधान छ । १०७ सदस्यीय प्रदेशसभामा जनमत पार्टीका १३ सांसद छन् ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी कानुन बमोजिम जनमत पार्टीले प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने जिकिर गरेको छ । जनमत संसदीय दलका नेता यादवले आफूहरूले प्रमुख प्रतिपक्षीको दर्जा माग्नु स्वाभाविक, सामान्य र कानुनसम्मत भएको बताए । एमालेले सरकारलाई समर्थन दिएकाले प्रमुख प्रतिपक्षी रहन नसक्ने उनको भनाई छ ।
तर एमालेको संसदीय दलका नेता सरोजकुमार यादवले आफ्नो पार्टी प्रमुख प्रतिपक्षी दलको रूपमा रहिरहने दाबी गरे । उनले तर्क गरे, ‘आफूहरूको पार्टी सरकारमा सहभागी छैन । सबैभन्दा ठूलो दल पनि एमाले छ । त्यसैले प्रमुख प्रतिपक्षीको मान्यतामा असर पर्दैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ माघ २०८०, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा शेखर कोइराला समूहको भेला सम्पन्न
मधेशमा पानीको हाहाकार, सांसदहरूले गरे सरकारको ध्यानाकर्षण
नाउपाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो
मधेशमा दुई मन्त्री फेर्दै जनमत
मधेशकेन्द्रित आठ दलको बैठक जारी