आहा रारा गोल्डकपः पहिलो सेमिफाइनमा आज थ्रीस्टार र जावलाखेल भिड्दै

सफल खबर संवाददाता

बुधबार, १७ माघ २०८०, १० : ५३
आहा रारा गोल्डकपः पहिलो सेमिफाइनमा आज थ्रीस्टार र जावलाखेल भिड्दै

काठमाडौं । २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेलहरू सुरु हुँदैछन्। आजको पहिलो सेमिफाइन्ल खेलमा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पोखरा रङ्गशालामा हुने थ्रीस्टार र जावलाखेलबीचको खेल दिउँसो साढे २ बजेबाट सुरु हुनेछ। आजको खेलमा विजेता बन्ने टोली फाइनलमा पुग्नेछ। क्वार्टरफाइनलमा थ्रीस्टारले पाहुना टोली भुटानको पारो एफसी र जावलाखेलले मनाङमर्स्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस