काठमाडौं । भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा नेपालले दुई स्थान सुधार गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको सीपीआईमा सन् २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औं स्थानमा परेको छ । अघिल्लो वर्ष नेपाल ३४ अंकसहित ११० औँ स्थानमा थियो ।
‘गतवर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ। विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ भने सोमालिया ११अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार आरोपमा नौ जनाविरुद्ध मुद्दा
मधेसमा भ्रष्टाचार: प्रदेश सचिवसहितका कर्मचारीविरुद्ध ५१ करोडको मुद्दा दायर
सुशासनको निम्ति सबैभन्दा पहिला भ्रष्टाचार अन्त्य गर्नुपर्छ : श्रीकृष्णप्रसाद अधिकारी
बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
सिँचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट तामाङविरुद्ध भ्रष्टाचार मुद्दा