अग्नि मोटोइंकको 'डिलर मिट २०२४' सम्पन्न, उत्कृष्ट डिलरहरू सम्मानित

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, १५ : ४४
अग्नि मोटोइंकको 'डिलर मिट २०२४' सम्पन्न, उत्कृष्ट डिलरहरू सम्मानित

काठमाडौं। अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले उत्कृष्ट डिलरहरूलाई पुरस्कृत गरेको छ ।‘भविष्यलाई सँगै नेतृत्व गरौं’ भन्ने नाराका साथ सोल्टी वेस्टएन्ड रिसोर्ट, नगरकोटमा सम्पन्न डिलर मिट २०२४ मा उत्कृष्ट डिलरहरूलाई पुरस्कृत गरिएको हो ।उक्त समारोहमा नेपालभरिबाट पावरोल जेनसेटका डिलरहरूको सहभागिता थियो ।

 

कार्यक्रममा ‘नेपाली उर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निभाउन सकिन्छ’ भन्ने विषयमा छलफल भएको थियो ।बजारमा महिन्द्रा पावरोलका ५ केभिएदेखि ६२५ कभिएसम्मका २८ थरीका मोडलहरू उपलब्ध छन् ।

बलियो महिन्द्रा इन्जिनबाट बनेका यी पावरोल जेनेरेटरहरूमा उर्जा उत्पादनको लागि विश्व प्रसिद्ध युरोपियन प्रविधि लेरोय सोमर प्रयोग गरिएको छ ।साथै, उत्कृष्ट इन्धन क्षमता, कम उत्सर्जन तथा विश्वसनीय पावर आउटपुटको लागि महिन्द्रा पावरोलले आफ्ना जेनेरेटरहरूमा विश्व विख्यात ब्राण्ड डिपिसि (डिजिटल पावर कन्ट्रोल) प्रयोग गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा पावरोलका इन्टरनेशनल बिजनेस हेड समिर सचदेवा, इन्टरनेशनल बिजनेस हेड राजीव शर्मा तथा महिन्द्रा पावरोल र अग्नि ग्रुपका विशेष अतिथिहरूको सहभागिता रहेको थियो ।

उनीहरूले कार्यक्रममा बलियो सहकार्यले अग्नि मोटोइंक तथा डिलरहरूले लगातार सफलता प्राप्त गर्दै अघि बढिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस