काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवन, दाङ, कास्की र धादिङ जिल्लामा भएका मोटरसाइकल दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
चितवन, भरतपुर महानगरपालिका-१६ शिबघाटस्थित सडकमा बा.प्र. ०३-००१ च ११९७ नम्बरको बलेरो गाडीले बा.प्र.०३-००३ प ८६२४ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४१ वर्षीय मधुसुदन खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङ, लमही नगरपालिका-३ मझगाउँस्थित सडकमा लु.२ ख ६३७ नम्बरको ट्रक र रा.७ प १४३२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ नर्ती बस्ने ३० वर्षीय सुदन जिसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की, रूपा गाउँपालिका-६ घिमिरेथरस्थित सडकमा ग.१४ प १५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सोही गाउँपालिका-७ माझगाउँ बस्ने ३० वर्षीया कृष्णमाया न्यौपानेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो ।धदिङ, गजुरी गाउँपालिका-६ जरेखेतस्थित सडकमा प्र.३-०३-००१ प २६३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक रोल्पा सुनिल स्मृति गाउँपालिका-१ घोडागढी बस्ने १९ वर्षीय विशाल केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ माघ २०८०, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते